लुटपाटमा संलग्न रहेको आरोपमा एक प्रहरी जवानसहित तीन जना पक्राउ परेका छन्।
सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिक भएको चोरीमा प्रहरी जवान डम्मलाल पाध्याय, खोटाङका विकास श्रेष्ठ (प्रकाश), र रामेछापका मनोज भुजेल (गुन्दास) संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।
उनीहरुले २९ साउनमा गोदावरीतर्फ जाँदै गरेको ट्याक्सी रोकी लुटपाट गरेका थिए।
लुटिएको सामानमा दुईवटा आईफोन-१५, सामसुङ फोन, एप्पल ल्यापटप, गेम बक्स, र सिक्रीहरू समावेश छन्। एक जना आरोपी अझै फरार छन्। अनुसन्धानका लागि पक्राउ परेकालाई सातदोबाटो प्रहरी वृत्तमा पठाइएको छ।