27.1 C
Kathmandu
Monday, July 22, 2024

भारत र इङल्यान्डबीचको सेमिफाइनल खेल वर्षाले प्रभावित

आईसीसी टी–२० विश्वकपको भारत र इङल्यान्डबीचको दोस्रो सेमिफाइनल खेल वर्षाले प्रभावित भएको छ। युगानाको नेशनल स्टेडियममा सवा ८ बजे सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेको छैन।

नवौं संस्करणको उपाधिका लागि यो खेलको विजेताले दक्षिण अफ्रिकाको सामना गर्नेछ।

आजै बिहान भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो।

वर्षाका कारण दोस्रो सेमिफाइनल रद्द भए भारत फाइनलमा पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज