24.1 C
Kathmandu
Friday, July 26, 2024

अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज विजयी

आयोजक वेस्ट इन्डिज समूह विजेता बन्दै आईसीसी टी-२० विश्वकपको ‘सुपर एट’ मा प्रवेश गरेको छ ।

मंगलबार बिहान भएको खेलमा आयोजक वेस्ट इन्डिजले अफगानिस्तानमाथि १ सय ४ रनको फराकिलो जित निकालेको हो । वेस्ट इन्डिजले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६।२ ओभरमा १ सय १४ रन बनाउँदा अलआउट भयो ।

इब्राहिम जड्रानले बनाएको ३८ रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। अजमतुल्लाह ओमरजाइले २३, कप्तान रासिद खानले १८ र करिम जनतले १४ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

त्यसअघि अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्जिलले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १८ रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका निकोलस पुरन शतक नजिक पुगेर चुके। ५३ बलमा ६ चौका र ८ छक्का हानेका पुरन ९८ रन बनाउँदा रन आउट भए । जोनसन चाल्र्सले ४३ रन थपे। कप्तान रोभमन पोवेलले २६ र साइ होपले २५ रन थपे।

वेस्ट इन्डिजसँग पराजित भएसँगै अफगानिस्तानको अपराजित यात्रामा टुङ्गो लागेको छ। यसअघि नै सुपर ८ मा पुगिसकेको अफगानिस्तान समूह उपविजेता बनेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज