23.1 C
Kathmandu
Friday, July 26, 2024

सन्दीप बने विश्वकप २०२४ नेपालका १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालका लेगस्पिनर सन्दीप लामिछाने १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका थिए । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरेका हुन् ।

नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज