27.1 C
Kathmandu
Monday, July 22, 2024

मौवाखोलामा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलाइएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलानजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने उनले बताइन् ।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । उक्त राजमार्गमा दैनिक कति सवारीसाधन आवतजावत हुन्छन् भन्ने यकिन जानकारी सरकारी निकायसँग छैन । रासस

सम्बन्धित समाचार

ताजा न्यूज