27.1 C
Kathmandu
Monday, July 22, 2024

बागलुङमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु

वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एकजनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–७ तितौरेमा गएराति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । रासस

सम्बन्धित समाचार

ताजा न्यूज