21.1 C
Kathmandu
Tuesday, July 23, 2024

साठी केजी सुन तस्करीमा पक्राउ परेका १६ जना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । साठी केजी सुन तस्करीको थप अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । बुधबार थुनछेक आदेशमार्फत काठमाडौं जिल्ला अदालतले तीन जनासँग धरौटी मागेको छ ।

अदालतले कान्छा लामा, रूपक भण्डारी र प्रेमनाथ सेढाईंसँग धरौटी मागेको हो । अदालतले लामा र भण्डारीसँग समान ९६ लाख रुपैयाँ र सेढाईंसँग ५७ लाख रुपैयाँ धरौटी मागेको छ ।

अन्तर्राष्ट्रिय संलग्न रहेको आरोप लागेका कुङ्गा टासी शेर्पा भनिने चिनियाँ नागरिक गेङ्गा झाक्सी, सोनाम गुरुङ भनिने शेराब ग्याल्मो र प्रशान्त गणेश बजबलकर कारागार चलान भएका छन् ।

यसैगरी, नेपालमा सुन बिक्री वितरणको काममा सहयोग गरेको आरोप लागेका धिरज दिनेश भोइटे, सिद्धनाथ अशोक गायकवाड र बैजनाथ ब्रह्मादत्त गोयल पनि जेल चलान भएका छन् ।

यसैगरी मुख्य सहयोगी मानिएका सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री मनोजराज पनि कारगार चलान भएका छन् ।

अदालतले पे वेल र सजिलो पेमेन्टका भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य र सुरज शम्शेर जबरा, फुनसुक डाग्पा अथुपछाङ खम्पा र काश्यप मानन्धरलाई पनि जेल चलान गरेको छ ।

पैसा ट्रान्सफर गर्ने एजेन्ट लालबहादुर कुँवर अरूणकुमार यादव पनि जेल चलान भए

सम्बन्धित समाचार

ताजा न्यूज