21.1 C
Kathmandu
Tuesday, July 23, 2024

कञ्चनपुरमा तालमा डुबेर दुई किशोरीको मृत्यु

कैलाली । कञ्चनपुरको तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भएको हो ।

जिल्लाको पुनर्वास–५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सृजना बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए ।

डुबेर बेपत्ता भएको आरती बोगटी अझै फेला परेकी छैनन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । उनीहरु तिनैजना सोमबार दिउँसो तालमा पौडी खेल्न गएका थिए।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गएको थिइन् । तर उनी पौडी नखोलेरै फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज