27.1 C
Kathmandu
Monday, July 22, 2024

सप्तकोसीका ४१ ढोका खोलिए

काठमाडौं । सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ । आज बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोसी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज