27.1 C
Kathmandu
Monday, July 22, 2024

मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

हेटौँडा उपमहानगरपालिका १९ बसामाडीमा जंगलमा पाइने सल्ले जातको च्याउको तरकारी पकाएर खाँदा एकै परिवारक ५ जना बिरामी भएका हुन् ।

जंगली च्याउ खाँदा बसामाडीका ३६ वर्षीय श्यामबहादुर बल, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीया फुलमायाँ र ३४ वर्षीय तुल बहादुर मोक्तान बिरामी भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।

उनीहरुको हेटौँडा अस्पतालमा उपचार गरिएको छ। जिल्लामा पछिल्लो एक महिनाभित्र जंगलबाट ल्याएको च्याउ खाँदा तीन जनाको मृत्यु भइसकेको छ भने २१ जना बिरामी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज