24.1 C
Kathmandu
Friday, July 26, 2024

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी असार १६ गतेदेखि बन्‍द रहने

चितवन राष्ट्रिय निकुञ्जमा हुने व्‍यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्‍द रहने भएको छ ।

बिहीबार निकुञ्जले सूचना जारी गर्दै असार १६ गतेदेखि निकुञ्जमा सञ्चालन हुने व्‍यावसायिक जंगल ड्राइभ बन्द रहने जानकारी दिएको हो ।

निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरूङ्गीहरुको प्रजनन्‌का लागि वर्षायाम उपर्युक्त समय भएको साथै यस अवधिमा निकुञ्जभित्रका वनपथहरू बिग्रिने, जंगलमा भएका साना खोला(खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुनेलगायतका कारणले पर्यटकहरूलाई असहज सृजना हुने भएकाले बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकालेको सूचनामा जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज