13.1 C
Kathmandu
Friday, January 17, 2025

चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।

यशोधरा गाउँपालिका ८ भैसहियाका २२ बर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका १० धनकौलीका अन्दाजी १८ बर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो ।
बुधबार बिहान दुवै जनालाई खेतमा जाने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरीले जनाएको छ ।

मृतकको शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज