27.1 C
Kathmandu
Monday, July 22, 2024

लमजुङ पहिरोमा बेपत्ता चारैजनाको शव भेटियो

काठमाडौं । लमजुङमा पहिरोमा परी बेपत्ता भएका चारजनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा गएराति पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए ।

पहिरोले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज