21.1 C
Kathmandu
Tuesday, July 23, 2024

यी ४ प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, कोसी र गण्डकी प्रदेशका केहि स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदलीको अवथ रहनेछ। देशका बाँकी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था सहने छ।

दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ।

कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज