21.1 C
Kathmandu
Tuesday, July 23, 2024

माइतीघर मण्डल पोलबाट आत्महत्याको प्रयास गर्ने महिला सकुसल उद्धार

काठमाडौं । माइतीघर मण्डलस्थित राष्ट्रिय झण्डा राखेको पोलबाट एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । आत्महत्याको प्रयास गरेकी आरती रावल गिरीलाई प्रहरीले उद्धार गरेको छ ।

मंगलबार दिउँसो माइतीघर मण्डलमा रहेको झण्डा राखिएको पोलमा आत्महत्या गर्ने भन्दै उक्लिएकी थिईन् । उनलाई त्यहाँबाट प्रहरीले उद्धार गरिसकेको छ ।

अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनले आफ्नै पूर्वश्रीमान्‌बाट बलात्कारमा परेको मुद्दा दायर गरेकी थिइन् ।

सो मुद्दामा गत जेठ २८ गते दोषी ठहर गरेको थियो । सोही मुद्दामा दोषी ठहर निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध ७ वर्ष कैद सजाय हुने फैसला भएको थियो । उनले गत माघ २ गते सर्वोच्च अदालतअगाडि आत्मदाह प्रयास गरेकी थिइन् । त्यस्तै, गत चैत २१ गते उनले रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज