24.1 C
Kathmandu
Friday, July 26, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द हुने भएको हो ।

२३ कात्तिकबाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । यो पाँच महिना अवधिसम्म रहने छ ।

२३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख गरेको छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ । विमानस्थल राति २ बजेसम्म चल्दै आएको छ । काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै अब वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज