27.1 C
Kathmandu
Monday, July 22, 2024

माल्टा पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० का ३२ वर्षीय केशवराज जोशी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जोशीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पाररे वैदेशिक रोजगारीमा माल्टा पठाउने आश्वासन दिएर ठगी गर्ने गरेका थिए । रकम लिइसकेपछि सम्पर्कविहीन भएको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौंस्थित बबरमहलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जोशीले माल्टाका लागि भनेर पीडितहरूलाई ुवर्किङ भिसा देखाएका थिए । तर, पीडितहरू कतार पुगेपछि त्यहाँको अध्यागमनले नक्कली भिसा देखाएको भन्दै पक्राउ गरेर डिपोर्ट गरेर नेपाल फर्काएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज