24.1 C
Kathmandu
Friday, July 26, 2024

चन्द्र भण्डारीलाई मन्त्री बनाउने देउवाको तयारी

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने सरकारमा क(कसलाई पठाउने भन्ने विषयमा छलफल थालेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग नयाँ सरकारमा पठाउने मन्त्रीहरुको नाम टुँगो लगाउनको लागि छलफल थालेका हुन् ।

यसपटक कांग्रेसबाट क्लिन छवि भएकाहरुलाई सरकारमा पठाउनुपर्ने आवाज उठेको छ । रमेश लेखक गृहमन्त्री बनेर सरकारमा सहभागी हुने निश्चित् भएको छ । उनको नाममा करिब करिब सहमति जुटिसकेको छ । यसपटक गुल्मीबाट निर्वाचित सांसद डा चन्द्र भण्डारीलाई पनि मन्त्री बनाउनुपर्ने भनेर पार्टीभित्रै बलियो आवाज उठेको छ ।

सभापति देउवाले पनि भण्डारीलाई यसपटक मौका दिने मन बनाएका छन् । अहिलेसम्म मन्त्री नबनेका भण्डारी सबै दलका नेता तथा कार्यकर्ताहरुले रुचाउने नेताको रुपमा परिचित छन् । उनलाई आफू नेतृत्वको क्याविनेटमा सहभागी गराउनको लागि ओलीपनि ईच्छुक छन् । कांग्रेस सभापति देउवासँग भएको मन्त्रालय बाँडफाँटको छलफलमा ओलीले भण्डारीलाई सरकारमा पठाउनको लागि सिफारिश गरेका छन ।

सम्बन्धित समाचार

ताजा न्यूज