23.1 C
Kathmandu
Friday, July 26, 2024

ओली सरकारमा पठाउन चुनिए अर्थमन्त्री…

काठमाडौं। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा विष्णु पौडेललाई नै पठाउनेगरि पार्टीभित्र छलफल सुरु भएको छ ।

कांग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाउने भएकोले परीणाम दिनसक्ने व्यक्तित्वलाई सरकारमा पठाउनुपर्ने आवाज उठेको छ । एमालेले अर्थसहित विभिन्न ९ वटा महत्वपूर्ण मन्त्रालय पाउने पक्का भएको छ । अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेललाई नै पठाउनेगरि पार्टीभित्र छलफल थालिएको छ ।

अध्यक्ष ओलीले पनि पौडेललाई नै लैजान चाहेका छन् । पौडेल यसअघिपनि अर्थमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका नेता हुन् । उनलाई अर्थमन्त्री बनाउने विषयमा हिजो शेरबहादुर देउवाको निवासमा भएको दुई दलका शीर्ष नेताहरुको भेटवार्तामा सहमति जुटेको उच्च स्रोतको दाबी छ ।

सम्बन्धित समाचार

ताजा न्यूज