24.1 C
Kathmandu
Friday, July 26, 2024

कांग्रेसले प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन पार्टी प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै निर्देशन दिएका छन् । पार्टी संसदीय कार्यदलले बिहीबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । सत्ता साझेदारमा रहेका दलहरू नेकपा एमाले र जसपाले विश्वासको मत फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । उनले पाँचौँपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा न्यूज