24.1 C
Kathmandu
Friday, July 26, 2024

नेकपा एसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालले आज दिउँसो ३ बजे बानेश्वरमा बस्ने गरी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिँदै छन् । विश्वासको मतबारे निर्णय गर्न बैठक बस्न लागेको जनाइएको छ ।

एकीकृत समाजवादीका अध्यक्षसहितका नेताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज