21.1 C
Kathmandu
Tuesday, July 23, 2024

राप्रपाले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत देलान् त …

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भनेर निर्णय गर्न आज संसदीय दलको बैठक राखेको छ ।

संसदीय दलमा सबैजसो सांसदहरु विश्वासको मत नदिने पक्षमा रहेका स्रोतका जनाएको छ । एमाले र माओवादीको गठवन्धन सरकार हुँदा राप्रपा प्रतिपक्षमा थियो ।

पछिल्लो समय कांग्रेससँग नजिएको राप्रपाले अहिले कांग्रेस–एमालेको नयाँ गठवन्धनमा सामेल हुनेरनहुने निर्णय लिइसकेको छैन ।

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिनेमा भने कुनै विवाद नरहेको स्रोत बताउँछ । यद्यपि, आजको वैठकले यस विषयमा निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिन सक्छ ।

सम्बन्धित समाचार

ताजा न्यूज