27.1 C
Kathmandu
Monday, July 22, 2024

प्रचण्डले बोलाए समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुलाई बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे छलफल गर्न मोर्चामा रहेका नेताहरुलाई छलफल गर्न बालुवाटार बोलाएका हुन् । छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव बालुवाटार पुगेका छन् । यो छलफलमा नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी हुँदैछन् ।

‘यो छलफल एकप्रकारले सत्ता सहयात्रीहरु नेताहरुको पनि हो । धन्यवाद दिने कुरा छ, पर्सि विश्वासको मत लिने कुरा छ । यिनै विषयमा छलफल हुन्छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने ।

सम्बन्धित समाचार

ताजा न्यूज