21.1 C
Kathmandu
Tuesday, July 23, 2024

हरि ढकालको दावी- नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ परेपछि सत्ता समीकरण फेरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाली कांग्रेस र नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् ।

सत्ताका लागि जे पनि गर्ने दलले आफूहरुलाई संस्कार सिकाउन नसुहाउने बताए । उनले भने ‘अमुक व्यापारीको घरमा भएको सम्झौता सार्वजनिक भएको छैन । त्यो सम्झौताको आधारमा बन्ने आगामी दिनका ती सरकारहरु पनि यही तीन दशकको निरन्तरता हो । हामीले हाम्रो राजनीतिक इमानदारिता र संस्कार हाम्रो कार्यकालभरिमा कायम राख्नेछौं ।’

सांसद ढकालले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि सत्ता समीकरण फेरिएको दाबी गरे ।

उनले भने, ‘यो सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणले फाइल खोलेर बेचन झा समातिने बित्तिकै समीकरण नै फेरबदल यो के र किन भनेर नागरिकले प्रश्न गरेका छन् । नागरिकले बुझेका छन् ।’

सम्बन्धित समाचार

ताजा न्यूज