27.1 C
Kathmandu
Monday, July 22, 2024

एमालेको सचिवालय बैठक स्थगित, यस्तो छ कारण…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजेका निम्ति बोलाइएको बैठक स्थगित गरिएको हो ।

उक्त बैठक बुधबार बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । “आजका लागि तय भएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ,” उनले भने, “किन स्थगित गरियो भन्ने जानकारी आएको छैन ।”

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठकको मिति सारिएको बताइएको छ ।

बुधबार बस्ने सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनका विषयमा छलफल गरिने बताइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज