7.1 C
Kathmandu
Saturday, January 18, 2025

प्रचण्डलाई चित्रबहादुर केसीको प्रश्न- तपाईं कति चोटी बालकोट र बूढानीलकण्ठ पुग्नुभयो, यसरी चल्छ राजनीति ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक खेल बुझ्न नसकेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् ।

‘नेपालमा बहुदलीय व्यवस्था ल्याउँदा र यो व्यवस्था ल्याइसकेपछि म यिनै ठूला पार्टीसँगै छु । त्यसकारण मैले सुरुमै भनेको थिएँ– यदि तपाईंहरू संसदीय व्यवस्था मान्ने भएको भए ठूला पार्टीले नेतृत्व नगरेर सानो पार्टीलाई किन दिनुभयो ?’ केसीले भने ।

तर प्रचण्डले खेल बुझ्न नसकेको उनले बताए । ‘सानो पार्टी, वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । तपाईं पुस १० गते जहाँ पुग्नुभयो त्यही दिनदेखि तपाईंलाई दशा सुरु भएको थियो । त्यो बुझ्नु भएन । यसो भन्दा नराम्रो लाग्ला– तपाईं कति चोटी बालकोट जानुभयो ? कतिपटक बूढानीलकण्ठ पुग्नुभयो ? यसरी चल्छ राजनीति रु’ उनले प्रश्न गरे ।

‘पछिल्लो पटक तपाईंलाई पाँचै वर्षको लागि सत्तामा शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन । तपाईंले बल्ल भोग्नुभयो,’ केसीले भने । एमालेसँगको समीकरणपछि मन्त्रिपरिषद् गठन हुँदै यसको दृश्य देखिएको उनको दाबी छ ।

‘बूढानीलकण्ठको आफ्नो पार्टीभित्र केही विवाद भएको कारणलाई आधार बनाएर फुत्त तपाईं प्रचण्ड बालकोट पुग्नुभयो । त्यसको परिणाम भोग्नुभएको छ अहिले । अब केही गरे पनि दुइटा ठूला पार्टी मिसिइसकेपछि हुनेवाला केही छैन । मुखको तितो पोख्ने कुरा मात्रै हो,’ सांसद केसीले भने ।

सम्बन्धित समाचार

ताजा न्यूज