21.1 C
Kathmandu
Tuesday, July 23, 2024

अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो, बालाजुको बाइसे धाराबाट बन्दैन- ईश्वर रिजाल

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले राजनीतिक स्थिरता कायम गर्ने उद्देश्यले नै कांग्रेससँग मिलेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ ९३० अनुसार नयाँ सरकार बन्ने जिकिर गरिरहेका बेलामा उनले त्यसको जवाफ दिँदै भने, ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन ।’

कांग्रेसले संविधानको धारा ७६ ९२० अनुसार एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ, तर ३ मा गए सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

राजनीतिक स्थिरता कायम गर्ने उद्देश्यले नै कांग्रेससँग मिलेको एमाले सांसद रिजालले जिकिर गरे । प्रधानमन्त्री प्रचण्ड गतिशील नभएर अस्थिर भएको उनले आरोप लगाए ।

सम्बन्धित समाचार

ताजा न्यूज