27.1 C
Kathmandu
Monday, July 22, 2024

प्रधानमन्त्रीले दाहालले ३० दिनमा विश्वासको मत लिएपनि हामीलाई आपत्ति छैन- रमेश लेखक

काठमाडौं — प्रमुख प्रतिपक्ष कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानअनुसार विश्वासको मत लिन ३० दिनकै समय प्रधानमन्त्री पुष्पकमल दाहालले लिएपनि आपत्ति नहुने बताएका छन् । तर, सरकारमा बसेसम्म सदनप्रति जिम्मेवार हुनुपर्ने बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख सचेतक लेखकले सरकारले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपबाट कति जनधनको क्षति भएको हो भन्ने कुराको यकीन जानकारीका साथै उद्धार र राहतमा के काम भइरहेको छ भन्ने कुराको जानकारी गराउनुपर्ने माग गरे ।

कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेको एमालेले भने प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्नुपर्ने माग उठाउँदै आएको छ ।

ुसरकार विश्वासको मत लिने तयारी गरिराख्या छ । संविधानअनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठ्या छ, त्यसमा केही द्विधा छैन । सरकारले पूरै ३० दिन लेओस् । हिजो २८ गते त थोरै मात्र हुन्छ २१ दिन थप्न सकिन्छ पनि भन्नुभयो, त्यो पनि थप्दा हुन्छ । आपत्ति छैन,ु लेखकले भने, ुसरकार हुँदासम्म त सदनका प्रति उत्तरदायी भइदिनुपर्‍यो । भनिदिनुपर्‍यो कति मानिसहरूको मृत्यु भएको हो रु कति घाइते भएका छन् रु कतिको उपचार भइरहेको छ रुु

सरकारले अहिले अविरल वर्षका कारणले बाढी, पहिरो, डुबानले ल्याएको समस्याका बारेमा सदनमा जानकारी गराउनुपर्ने लेखको भनाइ थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज