27.1 C
Kathmandu
Monday, July 22, 2024

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ढकालमाथिको कारबाहीबारे छलफल हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री डा मुकुल ढकालमाथिको कारबाहीबारे आज निर्णय लिने भएको छ।

कारबाहीबारे अन्तिम निर्णय लिन रास्वपाले आज बिहान-८ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ ।

ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ। उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा भरत देवकोटाले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् ।
प्रतिवेदनबारे आइतबार राति बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको थियो। उक्त बैठकमा महामन्त्री ढकाललाई गर्न सकिने कारबाहीबारे पनि लगभग टुंगो लागिसकेको रास्वपा स्रोतले जनाएको छ ।

गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो। उक्त अवधि पनि आज सकिँदै छ।
महामन्त्री ढकालले एक महिने समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन पनि रास्वपाले ग्रहण नगर्ने नेताहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज