21.1 C
Kathmandu
Tuesday, July 23, 2024

गृहमन्त्रीलाइ दीपक सिंहको आग्रह- रविजी जसको फाइल बनेको छ तत्काल कारबाही गर्नुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशलाई अहिलेको अवस्थाबाट निकास दिनुबाहेक विकल्प नभएको बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशलाई निकास दिन ठूला राजनीतिक दलले सोच्ने बेला आइसकेको बताए । संविधान संशोधनका लागि दुई ठूला राजनीतिक दल मिल्नु राम्रो भएको उनको भनाइ छ ।

जुन अवस्था देशको छ, त्यसलाई निकास दिनेबाहेक अर्को विकल्प छैन । त्यसका लागि ठूला पार्टीले सोच्ने बेला आइसकेको छ,ू सिंहले भने ।

उनले भ्रष्टाचार गर्ने कुनै पनि नेतालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरेको छ ।

ूजसको जसको फाइल बनेको छ, जसले भ्रष्टाचार गरेका छन्, म रविजीलाई भन्न चाहन्छु, अझै गृहमन्त्री हुनुहुन्छ, तत्काल कारबाही गर्नुस् न नेपाली जनताले यो चाहेका छन् । अहिलेसम्म खालि एउटाले अर्कोलाई आरोप लगाउनेबाहेक कुनै काम भएको छैन । गलत काम कोही ठूला नेताले गर्छ भने कारबाही गर्नुस् । निर्दोषलाई फसाउन पाइँदैन,ू सिंहले भने ।

उनले मन्त्रीका लागि राप्रपा मरिहत्ते नगर्ने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज