27.1 C
Kathmandu
Monday, July 22, 2024

स्वर्णिम वाग्लेलाई बजगाईँको कटाक्ष- कांग्रेसबाट उदय भई अर्को पार्टीमा जितेका विद्वानले हामीलाई पाठ सिकाएको देख्दा आश्चर्य लाग्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँले आफ्नो पार्टीबाट उदयीमान भएर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका स्वर्णिम वाग्लेले नैतिकताको पाठ सिकाउन नमिल्ने टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘होनाहार विद्धान मित्रले हाम्रै सभापतिको हातबाट नियुक्ति खानुभएको थियो । त्यो पनि राष्ट्रिय योजना आयोगमा । हाम्रो पार्टीबाट उदयमान भएर अर्को पार्टीमा गएर जितेर आउनुभएको विद्वान मित्रले हाम्रो पार्टीलाई पाठ सिकाइरहनु भएको देख्दाखेरी मलाई आश्चर्य लाग्छ । हिजो उहाँ प्रधानमन्त्री हुँदा लिएको पदभार, त्यो पनि नितान्त प्रधानमन्त्रीको क्षेत्राधिकारबाट नियुक्ति लिनुभएको थियो । उहाँलाई म नैतिकताको पाठ सिकाउन चाहन्छु,’– उनले भने ।

रास्वपा उपसभापतिसमेत रहेका वाग्लेले आज नै संसद्को शून्य समयमा नक्कली भुटानी शरणार्थीसँग जोडेर कांग्रेस सभापति देउवा र आरजु राणालक्षित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको खण्डण गर्दै सांसद बजगाईँले डा वाग्लेमाथि कटाक्ष गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज