24.1 C
Kathmandu
Friday, July 26, 2024

रास्वपाले निलम्बित ढकालबारे निर्णय गर्न बोलायो केन्द्रीय समितिको बैठक, यस्तो छ एजेण्डा…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

मंगलबार विहान ८ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदन माथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले भने, ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौं । बैठकमा एजेण्डामा समसामयिक र विविध पनि छ ।’

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज