21.1 C
Kathmandu
Tuesday, July 23, 2024

प्रेम सुवालको टिप्पणी- अहिलेसम्मको सत्तासमीकरण माटोको फुटेको भाँडो जस्तो भयो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्तासमीकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर भएको भन्दै आपत्ति समेत जनाए ।

मध्य रातमा एमाले–काँग्रेसबीच सत्तासमीकरण हुने कुराले कालाबजारीहरूलाई प्रश्रय दिएको आरोप समेत लगाए । सांसद सुवालले समान विचार राख्नेहरूले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने उल्लेख गरे ।

ूअहिलेसम्मको सत्तासमीकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्तासमीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो रु सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला,ू उनले भने ।

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज