27.1 C
Kathmandu
Monday, July 22, 2024

रास्वपाले भन्यो- व्यापारीको घरमा गए देशको खाका कोर्नुहुन्छ, अनि हामीलाई प्रश्न ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेकपा एमाले र नेपाली कांग्रेस नैतिकताको प्रश्न गर्न नसुहाउने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने, “२०५९ मा गएर संविधान सदन र सरकार ज्ञानेन्द्रलाई बुझाएजस्तै । २०६९ मा खिलराज रेग्मीलाई आफ्नो अर्कमण्ठयताले बुझाएजस्तै नगनुहोला । तपाईंहरू सक्नुहुन्न भने हामी पालो कुरेर बसेका छौँ । बेचेनबिना हामी यसलाई पार लगाउन बसेका छौँ ।”

उनले संसदीय प्रणाली र संविधान बनाउने दलहरू नै संविधान र प्रणालीमाथि किन अविश्वास जताएर चार दिन धैर्य गर्न नसकेको भन्ने प्रश्न पनि उठाए । “किन यो प्रणाली र संविधानले काम नगर्ला, चार दिन अर्को पल्टुराम जन्मेला भन्ने डर रु तपाईंहरूसँग संख्या छ बहुमत हुने सम्भावना छ भने चार दिन कुर्नुहोस् एक अर्कालाई विश्वास गर्नुहोस् । किन दिन डराउनुहुन्छ,” उनले भने ।

उनले संविधानमा लेखिएको कुरा अभ्यास गरिरहेको भन्दै मध्यरातमा कुनै व्यापारीको घरमा गएर सहमति गर्ने दलहरूले आफूहरूलाई नैतिकताको पाठ पढाउन जरुरी नरहेको स्मरण गराए । “मध्यरातमा कुनै व्यापारीको घरमा गएर हस्ताक्षर भयो, उहाँकै दलको सांसदले हामीलाई नैतिकताको प्रश्न सोध्नुहुन्छ । हामी अभ्यास एक गछौँ कुनै व्यापारीको घरमा गए देशको खाका कोर्नुहुन्छ, अनि हामीलाई प्रश्न,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज