21.1 C
Kathmandu
Tuesday, July 23, 2024

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू बाहिरिदै

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरू बाहिरिदैछन् । माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिँदैछन् । र सरकारलाई दिएको समर्थन फिर्ता लिदैछन् ।

प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहेका छन्।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा नदिने निर्णय गरेका हुन् ।

उनले मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने निर्णय गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने समयबारे एमालेका मन्त्रीहरूले आज राजीनामा दिएपछि निर्णय गर्नेछन् । गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनसहित विश्वासको मत पाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज