21.1 C
Kathmandu
Tuesday, July 23, 2024

प्रचण्डलाई ओली आह्वान- अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियालाई मार्गप्रशस्त गर्नु्स्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियालाई मार्गप्रशस्त गर्न आह्वान गरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले मुलुकको सङ्कट समाधानका लागि कांग्रेसँग मिलेर सरकार बनाउन लागिएको बताए । उनले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२/०६३ सालको जनआन्दोलन गरेको स्मरण गरे ।

सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल प्रचण्डल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियालाई मार्गप्रशस्त गर्न आह्वान समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज