21.1 C
Kathmandu
Tuesday, July 23, 2024

एमाले–कांग्रेसको गठबन्धनमाथि चित्रबहादुर केसीको आशंका- भुटानी शरणार्थी र गिरीबन्धु काण्ड लुकाउन पार्टीको सम्झौता भयो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं चित्रबहादुर केसीले एमाले–कांग्रेसको गठबन्धनमाथि आशंका गरेका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी स्टेटमा दुई ठूला पार्टीले सम्झौता गरेको आशंका व्यक्त गरेका हुन् ।

‘भ्रष्टाचारलाई छामछुम पार्नलाई, भुटानी शरणार्थीको काण्डमा र गिरीबन्धु टी स्टेटको काण्डमा दुईटा ठूला पार्टीको सम्झौता हो भने नेपाली जनतालाई मान्य हुँदैन,’– उनले भने ।
नेता केसीले भ्रष्टाचारबाट नयाँ, पुराना, साना–ठूला कोही पार्टी चोखा नरहेको बताए । उनले कसैले रोस्ट्रमबाट आफ्नो सफाइ दिएपनि जनताले नपत्याउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज