27.1 C
Kathmandu
Monday, July 22, 2024

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती- जीवी राई पक्राउ गरेर ल्याउनुहोस् यहि संसदमा फूलमालाले स्वागत गर्छौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको फाइल खोल्नस् न फाइल कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘क्यान्टोनमेन्टको घोटलामा कसको नाम छ । उसलाई अगाडिको रोस्टममा आएर बताउनुहोस् हामी तपाईँलाई समर्थन गर्छोँ ।’

आफ्नो पद धरापमा पर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै गरी गृहमन्त्रीको अभिव्यक्ति पनि आउन थालेको उनको भनाइ छ ।

उनले भने, ‘एकजना सम्माननीय नेता नै हुनुहुन्छ यो संसदमा । उहाँ आफू पदमा हुँदा सबै सहि भन्नुहुन्छ । जब पदबाट जान लाग्नुभयो तब गणतन्त्र खतरामा पर्‍यो धर्म निरपेक्षमता खतरामा पर्‍यो भन्नुहुन्छ । अहिले गृहमन्त्री ज्यूको भाका त्यही भएको छ । हुन त सरकारमा पनि सँगै हुनुहुन्छ । फाइल खोल्ने थेँ त्यही भएर सरकार ढाले भन्नुहुन्छ । अझै साथ दिन्छ फाइल खोलौँ झ्यामकी झ्यामा यहाँबाट पक्राउ गरेर जेल हाल्नुस् हामी साथ दिन्छौँ । खोल्नुहोस् न फाइल कसले रोकेको छ ।’

उनले भने, ‘मलाई मेरा गृहमन्त्रीज्यूबाट केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुहोस् यहि संसदमा फूलमालाले स्वागत गर्छौँ । ७२ घण्टामा निर्मलाको हत्यारा पत्ता लगाउँछु भन्नुभयो सबैले पत्यायोँ । आज १२४ दिन भयो गृहमन्त्री हुनुभएको खोई रु’

उनले भने, ‘जसलाई जे मन लाग्यो त्यही गरेको छ । त्यही भएर संविधान संशोधन गरौँ । यो संविधान गीता होइन । यो संविधान कुरान होइन यो संविधान बाइबल होइन । यो संविधान देशको हितमा छ भने संशोधन गरेर अगाडि बढौँ छैन भने धाराहरु कटौँती गरौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज