21.1 C
Kathmandu
Tuesday, July 23, 2024

माओवादीको आरोप- गिरिबन्धु टी स्टेट र बेचन झा पक्राउ प्रकरणले आत्तिएर कांग्रेस र एमालेबीच सहमति भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्न चुनौती दिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी सांसद माधव सापकोटाले दुई दलबीच भएको भनिएको सम्झौता अपारदर्शी र अनैतिक भएको बताए ।

सांसद सापकोटाले भने, ‘संसदको पहिलो र दोस्रो दलबीच एउटा व्यक्तिको घरमा के सम्झौता भयो । दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि नर्क गए पनि सँगै जाउँला भन्ने अर्कोतिर आफ्नो नेतालाई ललितपुरमा सम्झौताको मस्यौदा गर्न लगाउने रु मध्यरातमा अमूक व्यक्तिको घरमा के सम्झौता भयो रु सार्वजनिक गर्न किन सकिनरहनु भएको छैन । यतिका दिनसम्म गुपचुप राख्नुपर्ने भय के हो रु यदि हिम्मत छ भने औपचारिक हस्ताक्षर गरेर सम्झौता सार्वजनिक गर्नुस् ।’

माओवादी सांसद सापकोटाले दुई ठूला दल मिलेर राजनीतिक स्थिरता दिन खोजिएको भन्ने दाबी गलत रहेको भन्दै गिरिबन्धु टी स्टेट र बेचन झा पक्राउ प्रकरणले आत्तिएर मिलेको आरोपसमेत लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज