21.1 C
Kathmandu
Tuesday, July 23, 2024

एमालेले भन्यो- प्रधानमन्त्रीले किन राजीनामा नदिएर अल्झाउनुभएको ?

काठमाडौं । नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसले गरेको निर्णयप्रति धन्यवाद दिएको छ । प्रधानमन्त्रीलाई तत्काल राजीनामा गर्न भनेको छ ।

नेकपा एमालेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

“उहाँले किन राजीनामा नदिएर अल्झाउनुभएको छ ?,” उनले भने, “अबिलम्व राजीनामाको माग गरेको छ । विभिन्न प्रकारका निर्णय सरकारले गरेको छ । यस्तो नगरोस् ।”
उनले पहिलो माग राजीनामा भएको उल्लेख गर्दै नभए विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज