27.1 C
Kathmandu
Monday, July 22, 2024

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची…

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् । त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेस गर्नेछन् ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको विनियोजन विधेयक, २०८१ु का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९/२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज