24.1 C
Kathmandu
Friday, July 26, 2024

रास्वपाले बोलायो संसदीय दलको बैठक, यस्ता छन् छलफलका विषय …

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बोलाइएको छ । रास्वपाका सचेतक निशा डाँगीका अनुसार आइतबार बिहान साढे ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बस्नेछ।

समसामयिक राजनीतिक घटनाक्रम, संसद्का बाँकी काम–कारबाही र विविध विषयमा बैठकमा छलफल गरिने उनले बताइन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भएयता केन्द्रीय राजनीति तरंगित छ । वर्तमान सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ । एमाले, जसपातर्फका मन्त्रीहरूले राजीनामा दिइसकेका छन्

रास्वपाका तर्फबाट मन्त्री बनेकाहरू पनि राजीनामापत्र बुझाउन बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहपछि रास्वपा सरकारबाट बाहिरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज