27.1 C
Kathmandu
Monday, July 22, 2024

जीबी राईसहित सहकारी ठगीमा मुछिएर फरार भएकालाई सरकारले नेपाल ल्याउन ध्यान दिन नसकेको संसदीय समिति निष्कर्ष

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समिति निष्कर्षमा पुगेको छ ।

संयोजक सूर्य थापाका अनुसार जीबी राईसहित सहकारी ठगीमा मुछिएर फरार भएकाहरूलाई सरकारले नेपाल ल्याउन ध्यान दिन नसकेको निष्कर्षमा पुगेको बताए । उनले सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ९९ लाख रकम प्रवाह भएको पनि जानकारी दिए ।

शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो ।

उनीहरूसँगको छलफलपछि थापाले सुप्रिम सहकारीबाट जीबी राई संलग्न अन्य १० कम्पनीमा ५२ करोड रकम प्रवाह भएको जानकारी सरकारी संयन्त्रले दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज