27.1 C
Kathmandu
Monday, July 22, 2024

प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा उनले विश्वासको मत लिनेगरी तयारी अघि बढेको हो ।

सचिवालय स्रोतले भन्यो ‘औपचारिक कार्यक्रम तय भइसकेको छैन, तर असार २८ गते लिनेगरी तयारी गर्न प्रधानमन्त्रीको सचिवालयसँग कुरा भएको छ,’।

नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन्। एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। गत असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्य गर्ने समझदारी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज