24.1 C
Kathmandu
Friday, July 26, 2024

प्रधानमन्त्री दाहाल भेट्न गृहमन्त्री लामिछाने पुगे सिंहदरबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन् । गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेका अनुसार समसामयिक विषयमा छलफल गर्न लामिछाने प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।

प्रेस संयोजक न्यौपानेले विषय भने प्रस्ट खुलाएनन्। कांग्रेस(एमालेको नयाँ सत्ता समीकरण बनेपछि मन्त्री पदबाट राजीनामा दिने तयारीका साथ गएका उनीहरू प्रचण्डको आग्रहपछि पछि हटेका थिए।

अब उनीहरू प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने दिनसम्म राजीनामा नदिने सोचमा पुगेका छन् । बरु उनीहरूले प्रधानमन्त्रीलाई चाँडै विश्वासको मत लिन सुझाव दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज