21.1 C
Kathmandu
Tuesday, July 23, 2024

आफ्नो प्रोफेसनल इथिक्स मेन्टेन गर भन्नु त तर्साएको हुँदैन- शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई आफ्नो प्रोफेसनल इथिक्स मेन्टेन गर भन्नु त तर्साएको नहुने बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘शिक्षकलाई तर्साएको छैन । शिक्षक राजनीतिक पार्टीको सदस्य हुनुहुन्न भनेर राजनीतिक दल सम्बन्धी ऐनले नै भन्छ । यसकारण राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो भनेको हो,’ उनले भनिन् ।
‘‘आफ्नो प्रोफेसनल इथिक्स मेन्टेन गर भन्नु त तर्साएको हुँदैन,’ उनले भनिन् ।

सामुदायिकमा भन्दा निजी विद्यालयको एसईईको नतिजा राम्रो आउनुको पछाडि निजीमा राम्रो नतिजा नआए हायर एण्ड फायर हुने र राजनीति नहुनु प्रमुख कारण रहेको उनले बताइन् । यसकारण सामुदायिक विद्यालयका भन्दा कम तलब सुविधामा समेत निजीले राम्रो नतिजा दिन सफल भएको मन्त्री श्रेष्ठले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज