27.1 C
Kathmandu
Monday, July 22, 2024

राष्ट्रियसभा बैठकमा गृहमन्त्री लामिछाने अनुपस्थित

राष्ट्रियसभा बैठकमा अल्पमतमा परेको सरकारका गृहमन्त्री रवि लामिछाने अनुपस्थित भएका छन् ।

शुक्रवार राष्ट्रियसभा बैठकमा गृहमन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि संसद्‌मा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची थियो । गृहमन्त्री लामिछाने अनुपस्थित भएपछि उनको तर्फबाट श्रम मन्त्री डीपी अर्यालले संसदमा जवाफ दिएका छन् ।

गृहमन्त्री अनुपस्थित भएपछि सभाका अध्यक्ष नारायण दाहालले अर्याललाई जवाफ दिन समय दिएका थिए ।

सहकारी ठगीको आरोप लागेका लामिछानेविरुद्ध परेको एक रिटमा बिहीवार सर्वोच्च अदालतले अनुसन्धान प्रभावित नगर्न परमादेश गरेको थियो । दुई न्यायाधीशबीच राय बाझिएको आदेशमा न्यायाधीश सारंगा सुवेदीले गृहमन्त्रीले राजीनामा गर्नुपर्ने राय राखेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज