27.1 C
Kathmandu
Monday, July 22, 2024

ओलीलाई शिक्षामन्त्री श्रेष्ठको जवाफ- आदरणीय बा तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब ?

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने तयारी गर्दा नै सरकार परिवर्तनको कदम चालिएको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जालमार्फत श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजिएको आरोप लगाएकी हुन् ।

उनले लेखेकी छन् “आदरणीय केपी बा १ शिक्षकले राम्रो नपढाउँदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भन्दा सरकार नै परिवर्तन गर्न खोज्ने रु तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब ।’

बुटवलमा हिजो आयोजित कार्यक्रममा ओलीले गुणस्तरीय शिक्षकको अभाव रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज