27.1 C
Kathmandu
Monday, July 22, 2024

सीडीओहरुलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । प्रमुख जिल्ला अधिकारीहरुलाई मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल भएको थियो ।

सोही छलफलमा गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । पालिकाहरुसँग समन्वय गर्दै तम्तयार भएर बस्न उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएमा मन्त्रालयसँग समन्वय गर्न उनले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज