27.1 C
Kathmandu
Monday, July 22, 2024

प्रधानमन्त्रीले विश्वासको मत लिए पक्षमा मतदान गर्छौं- घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा रहेको बताएका छन् ।

बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे । कांग्रेस–एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उनको भनाइ छ । संविधान संशोधनको मुद्दा स्पष्ट रूपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रूपमा आए पार्टीमा छलफल गर्ने जिकिर गरे ।

उनले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मक रूपमा सहमतिको प्रयास भइरहेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज